File Photo

पाँचथर । एक श्रीमानले खुकरी प्रहार गरेर आफ्नै श्रीमतीको हत्या गरेका छन् । "/>

दुई श्रीमतीबीच झगडा, श्रीमानले खुकरी प्रहार गरी जेठीको हत्या

दुई श्रीमतीबीच झगडा, श्रीमानले खुकरी प्रहार गरी जेठीको हत्या

केन्द्रबिन्दु
0
Shares

 File Photo

पाँचथर । एक श्रीमानले खुकरी प्रहार गरेर आफ्नै श्रीमतीको हत्या गरेका छन् । फाल्गुनन्द गाउँपालिका–५ फाक्तेपका ४३ वर्षीय श्रीमान नरबहादुर चेम्जोङले ४४ वर्षीया जेठी श्रीमती इन्द्रमाया चेम्जोङको हत्या गरेका हुन् ।

जेठी र कान्छी श्रीमतीबीच झगडा भएको थियो । झगडा मिलाउनुको साटो रिसले आगो भएका नरबहादुरले घाँटि र टाउकोमा खुकुरी प्रहार गरेर हत्या गरेका पञ्चमि प्रहरी चौचीका इन्चार्ज पेलेङ्गसिं धिमालले जानकारी दिए ।

मंगलबार साँझ दुई श्रीमतीबीच झगडा भएको र नरबहादुरले जेठी श्रीमतीको घाँटि र टाउकोमा खुकुरीले प्रहार गर्दा घटनास्थलमै ज्यान गएको हो । जेठी श्रीमतीको हत्या गरेर फरार भएका नरबहादुरलाई राति नै नवमिडाँडा प्रहरीले पक्राउ गरेको छ ।

उनलाई जिल्ला प्रहरी कार्यालय पाँचथरमा राखिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको पाँचथर प्रहरीले जनाएको छ । हत्या गरिएका इन्द्रमायाको एक छोरी छिन् भने कान्छिपट्टिका एक छोरा र एक छोरी छन् ।

Logo