सुनसरी । दुहबीमा गोली लागेर एक व्यक्तिको हत्या गरिएको छ । दुहबी–९ मा सञ्चालित जय बाबा इँटा उद्योगका सुपरभाइजर मोहम्मद फिदा हुसेनको अज्ञात समूहले बुधबार बिहान ६ः३० बजे गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । "/>

सुनसरीमा गोली हानेर एक जनाको हत्या, अस्पतालबाटै जबरजस्ती शव लगियो

सुनसरीमा गोली हानेर एक जनाको हत्या, अस्पतालबाटै जबरजस्ती शव लगियो

केन्द्रबिन्दु
0
Shares

सुनसरी । दुहबीमा गोली लागेर एक व्यक्तिको हत्या गरिएको छ । दुहबी–९ मा सञ्चालित जय बाबा इँटा उद्योगका सुपरभाइजर मोहम्मद फिदा हुसेनको अज्ञात समूहले बुधबार बिहान ६ः३० बजे गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा आएका दुर्इ व्यक्तिले दुहबी बजारभन्दा केही पर नहरको डिलमा चलाएको गोली लागी हुसेन घाइते भएका थिए । घाइते हुसेनलार्इ न्यूरो अस्पताल विराटनगरमा लैजाने क्रममा मृत्यु भएको सुनसरीका एसपी राजन अधिकारीले जानकारी दिए ।

मर्निङवाकमा निस्किएका ५४ वर्षीय हुसेनमाथि कसले र किन गोली हान्यो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । यसबारे अनुसन्धान भईरहेको एसपी अधिकारीले बताए ।

दक्षिणतर्फबाट नहरको बाटो हुँदै मोटरसाइकल चढेर आएका दुई व्यक्तिले हुसेनमाथि गोली हानेको स्थानीयबासीको भनाई छ । हत्याराहरू सोही बाटो भारततिर भागेको प्रत्यक्षदर्शीको भनाई छ ।

उनको शव न्यूरो अस्पतालमा राखिएको थियो । तर एक समूहले जबरजस्ती उनको शव लगेको अस्पतालले जनाएको छ । बिहान ७ः२५ बजे हेुसेनलाई मृत घोषित गर्ने बित्तिकै एक समूहले जबरजस्ती शव लगेर गएको न्यूरो अस्पतालका निर्देशक रन्जित बस्नेतले जानकारी दिए ।

ईशीजी गरेर मृत घोषणा गर्ने बित्तिकै उक्त समूहले शव लगेको बस्नेतले बताए । हुसेनको देब्रे छातीमा गोली लागेको छ । यसरी मृत भएका व्यक्तिको पोष्टमार्टम गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । हेसेन दुहबी वडा नम्बर ९ का अध्यक्ष मेहन्दी हुसेनका भाइ हुन् ।

यसैबीच, हत्यारामाथि कारबाहीको माग गर्दै दुहबीबासीले सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । मुस्लिम समूदायमाथि लक्षित गरी बारम्बार यस्ता घटना दोहोरिन थालेको भन्दै स्थानीयले प्रदर्शन सुरु गरेका हुन् ।

 

Logo