File Photo

बैतडी । "/>

हराएकी बुहारी खोज्न गएकी सासू बेपत्ता, बुहारी मृत फेला

हराएकी बुहारी खोज्न गएकी सासू बेपत्ता, बुहारी मृत फेला

केन्द्रबिन्दु
0
Shares

                                                             File Photo

बैतडी । बैतडीमा हराएकी बुहारी खोज्न गएकी सासू बेपत्ता भएकी छन् । बुहारी भने मृत फेला परेकी छन् । दोगडाकेदार गाउँपालिका ४ श्रीकेदार साउगाउँकी ३० वर्षीया निर्मला भट्ट मृत फेला परेकी खोचलेक प्रहरी चौकीले जनाएको छ । निर्मलालाई खोज्न गएकी सासू ५२ वर्षीया पार्वती भट्ट भने बेपत्ता भएकी प्रहरी सहायक निरीक्षक श्याम सिंह महराले जानकारी दिए

बुधबार घाँस काट्न भनेर घरबाट निस्केकी निर्मला साँझसम्म पनि नफर्किएपछि उनलाई खोज्न गएकी पार्वती बेपत्ता भएकी हुन् । दुबैजना रातिसम्म पनि घर नफर्किएपछि घर वरपरका अन्य सदस्य खोजतलास गर्दा निर्मला बिहीबार बिहान स्थानीय ओडीगाउँ जंगलमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्।

बेपत्ता पार्वतीको खोजीका लागि प्रहरी चौकी खोचलेकबाट प्रहरी सहायक निरीक्षक श्याम सिंह महराको नेतृत्वमा टोली परिचालन गरिएको छ। घटना रहस्यमय रहेकाले थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंह नेतृत्वको टोली समेत अनुसन्धानमा खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Logo