दिपावली नजिकिँदैछ । पाँच दिनसम्म मनाईने यो चाड नेपालीहरुले धुमधामसँग मनाउँछन् । त्यसमध्ये लक्ष्मी पूजा विशेष दिन हो । धन र समृद्धिको देवी लक्ष्मीको जन्म भएको दिन । "/>

दिपावलीमा भुलेर पनि नगरौं यस्तो गल्ती

दिपावलीमा भुलेर पनि नगरौं यस्तो गल्ती

केन्द्रबिन्दु
0
Shares

दिपावली नजिकिँदैछ । पाँच दिनसम्म मनाईने यो चाड नेपालीहरुले धुमधामसँग मनाउँछन् । त्यसमध्ये लक्ष्मी पूजा विशेष दिन हो । धन र समृद्धिको देवी लक्ष्मीको जन्म भएको दिन । यो कार्तिक कृष्णपक्ष औँसीको दिन मनाइन्छ । यो चाड त्रेता युग देखि आजसम्म मनाइँदै आएको छ ।

औँसीको रात भएकोले सबैभन्दा बढि अँध्यारो हुन्छ । त्यसैले सबैको घरमा बत्ति बालेर झिलिमीली बनाएर मनाइन्छ । दिपावलीको यो दिन माता लक्ष्मीलाई सबैजनाले खुशी पार्न चाहन्छन् । तर तपाइले गर्ने गल्तीको कारण माता लक्ष्मी रिसाउछिन् । यसको मतलव तपाईको नराम्रो दिनको सुरुवात हुनु हो ।

१. ढिलो उठने वानीः
बिश्वास गरिन्छ, विहान ढिलो समयसम्म सुत्दा लक्ष्मी माता खुशी हुँदिनन् । त्यसले माताले दिने दिव्य आशिर्वाद लिन पार्इदैन । यदि तपाई माता लक्ष्मीलाई खुशी पार्न चाहनुहुन्छ भने विहान छिट्टै उठ्नुपर्छ ।

२. लडाँई झगडा नगर्नेः
यो पर्व एक अर्कासँग खुशी बाड्ने चाड हो । यस दिपावलीमा आफ्नो परिवारसँग, छरछिमेकसँग र साथीहरुसँग कुनै पनि प्रकारको मनमुटाव या झगडा नगर्नुहोस् । यस पर्वलाई खुसियाली र सकारात्मक माहोल बनाउने प्रण गरौ । नकारात्मकबाट टाढा रहौ ।

३. मादकपदार्थबाट टाढा रहौंः
दिपावलीको यो अवसरमा मादकपदार्थ र धुम्रपानबाट टाढा रहनुहोस् । लक्ष्मी पुज्दा एकदमै शुद्ध भएर पूजा गर्दा लक्ष्मी माता प्रशन्न हुनेछिन् ।

४. शुभ साइतमा पूजा गरौंः
पूजा गर्दा जहिल्यै पनि शुभ साइतमा नै गर्दा राम्रो हुन्छ । घरको सबै परिवारका सदस्यहरु मिलेर माता लक्ष्मी र गणेशको पूजा गरेमा धन लाभ हुने विश्वास गरिन्छ ।

Logo