धनगढी । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै धनगढीमा निर्मलाका परिवार, अधिकारकर्मी लगायतले प्रदर्शन गरेका छन् । "/>

धनगढीमा ‘सिधा कुरा जनतासँग, बलात्कारी सरकारसँग,’ नारा लाग्यो

धनगढीमा ‘सिधा कुरा जनतासँग, बलात्कारी सरकारसँग,’ नारा लाग्यो

केन्द्रबिन्दु
0
Shares

धनगढी । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै धनगढीमा निर्मलाका परिवार, अधिकारकर्मी लगायतले प्रदर्शन गरेका छन् । बलात्कारपछि हत्या भएको तीन महिना पुगिसक्दा पनि अझै अपराधी सार्वजनिक नगरिएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

धनगढीको चौरहाबाट सुरु भएको प्रदर्शन मुख्यमन्त्री कार्यालय पुगेर मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाईएको छ । साउन १० गते १३ वर्षीय किशोरी निर्मला पन्तको हत्या भएकोमा अहिलेसम्म हत्यारा पक्राउ परेका छैनन् ।

निर्मलाका आमा बुवासहित परिवारका सदस्य र कञ्चनपुरबाट आएका महिलाअधिकारकर्मीहरुको टोलीले धनगढीमा प्रदर्शन गरेको हो । मुख्यमन्त्री कार्यालय अगाडि निर्मलाका आमाबाबुले, ‘मेरी छोरीलाई न्याय दे, असक्षम गृहमन्त्री राजीनामा दे’ लगायतका नारा लगाएका थिए ।

प्रदर्शनका क्रममा ‘सिधा कुरा जनतासँग, बलात्कारी सरकारसँग,’ ‘नेताको बानि सिकेछ, प्रहरी पनि बिकेछ’ जस्ता नारा पनि लगाईएको थियो ।

 

Logo