ज्ञानमणि नेपाल कालोटोपी
मण्डनदेउपुर, काभ्रे

जिल्लाको मण्डनदेउपुर ९ की व्लड क्यान्सर विरामी रुपा तिवारीलाई आर्थिक सहयोग जुटाउने क्रम जारी छ । "/>

केन्द्रविन्दु समाचार प्रभावः व्लडक्यान्सर पीडित रुपालाई एकैजनाबाट ५० हजार सहयोग !

केन्द्रविन्दु समाचार प्रभावः व्लडक्यान्सर पीडित रुपालाई एकैजनाबाट ५० हजार सहयोग !

केन्द्रबिन्दु
0
Shares

ज्ञानमणि नेपाल कालोटोपी
मण्डनदेउपुर, काभ्रे

जिल्लाको मण्डनदेउपुर ९ की व्लड क्यान्सर विरामी रुपा तिवारीलाई आर्थिक सहयोग जुटाउने क्रम जारी छ । उनलाई अहिले देश विदेशबाट सहयोग आइरहेको छ । हाल शिक्षण अस्पतालमा उपचाररत रुपालाई मण्डनदेउपुर १० काभ्रेबाट स्थानिय डेडीथुम्का उच्च माविका शिक्षक मधुसुदन नेपालले व्यक्तिगत तर्फबाट ५० हजार सहयोग गरेका छन् । शनिवार अस्पतालमै पुगेर उनले सम्बन्धित परिवारलाई ५० हजारको चेक हस्तान्तरण गरेका थिए । रुपालाई व्यक्तिगत रुपमै यति धेरै सहयोग गर्ने नेपाल नै पहिलो दाता हुन् । उनले गतवर्ष पनि मण्डनदेउपुर १० का दुवै मृगौला पीडित विशाल नेपाललाई १ लाख सहयोग गरेका थिए ।

यसैगरि रुपालाई सहयोग आउनेक्रम जारी नै छ । अस्पतालले उपचारका लागि २० लाख भन्दा वढी खर्च हुने बताएपछि आर्थिक अभावमा रहेको उनको परिवारले सबैलाई सहयोगका लागि अनुरोध गरेको छ । हाल सम्म करिव १० लाख सहयोग संकलन भएको छ भने ४ लाख भन्दा वढी खर्च भइसकेको रुपाका दाई दिपक तिवारीले जानकारी दिएका छन् ।

पछिल्लो पटक जेठ २० गते मण्डनदेउपुरबाट कोरियामा रहेका साथीहरुले सहयोग संकलन गरि पठाएको नगद १ लाख ६ हजार ५१० रुपैयाँ रुपाको परिवारलाई हस्तान्तरण गरियो । त्यहाँ रहेका दर्जनौं साथीहरुले उक्त रकम सहयोग गरेका कोरियाबाट कृष्णहरि कुँवरले जानकारी दिए । त्यहाँ अभियानलाई अझै निरन्तरता दिइएको र आगामी दिनमा संकलन हुने रकम केहि दिनमा पठाइने पनि कुँवरले बताए । उपचारका लागि ठूलो रकम आवश्यक पर्ने अस्पतालले जनाए पछि उनका लागि सहयोग जुटाउन थालिएको हो ।

उनको उपचारमा आर्थिक अभाव सम्बन्धि समाचार केन्द्रविन्दु डटकममा जेठ ७ गते पहिलो पटक प्रकाशित भएपछि देश विदेशबाट रुपाको उपचारका लागि सहयोग जुट्न थालेको विरामी रुपाका दाजु दिपक तिवारीले जानकारी दिएका छन् ।

हाल सम्म स्थानियस्तरमा कुन्तावेसिमा सहयोग संकलन भइरहेको छ । लिला नेपाल र राधिका ढकालको सहयोग अभियानमा ३२ हजार संकलन भएको छ । स्थानिय शिक्षक कृष्णकुमार श्रेष्ठले शुरु गर्नु भएको सहयोग अभियानमा हाल सम्म करिव ८७ हजार संकलन भइसकेको छ । अमेरिकामा निर्मल पौडेल र मनोज सापकोटाको पहलमा ७०० डलर जति संकलन भइसकेको र सहयोग आउने क्रम जारी नै छ ।

स्थानिय देवेन्द्र तिवारीको पहलमा करिव १८ हजार संकलन भएको छ भने ज्ञानमणि नेपालको सक्रियतामा ३५ हजार ६५७ सहयोग हस्तान्तरण गरिएको छ । उता भकुण्डेबाट पनि करिव १६ हजार संकलन आएको छ । जोगिटारका साथीहरुको पहलमा करिव २५ हजार र स्थानिय विन्धवासिनी मावि, कारितास नेपाल, चण्डेनी र उमाशह उच्च माविको तर्फबाट संकलित करिव ५० हजार सहयोग आएको छ । उता फलाँटे निवासी शान्ति थापाको अभियानबाट २६ हजार र पलान्चोकबाट गणेश पौडेलको संकलनमा ३५ हजार ५७५ सहयोग प्राप्त भएको छ । भुम्लुबाट पनि ईश्वर नेपालको पहलमा करिव १५ हजार सहयोग आएको छ भने मैदानबाट राजकुमार रानाको पहलमा करिव २२ हजार संकलन भएको छ । श्रीकृष्ण नेपालको पहलमा एपेक्स कलेजबाट ६० हजार सहयोग आएको छ । कतारबाट पेमे दोर्जे शेर्पाको पहलमा १ लाख २२ हजार प्राप्त भएको छ ।

यस्तै उनलाई व्यक्तिगत रुपमै भेटेर सहयोग गर्नेहरुको संख्या पनि वढीरहेका छन् । मैदानका रामशरण सापकोटाको पहलमा २० हजार आएको छ । अमेरिकाबाट चिरन्जीवी नेपालले ३० हजार पठाएका छन् । साँखुबाट राम श्रेष्ठको पहलमा ३६ हजार , चण्डेनीबाट विरस तामाङ, विकास ठकुरी र सिता थापाको पहलमा ४३, ७७५ सहयोग आएको छ । उता रानिटार युवा समाजले पनि उनको सहयोगका लागि अभियाननै चलाएको छ । आर्थिक संकलन जारी रहेकाले कति उठ्यो अहिले ठ्याक्कै भन्न सकिने अवस्था भने छैन । यसरी धेरैतिरबाट सहयोग आएपनि रुपाको उपचारमा अझै धेरै रकम आवश्यक पर्ने अस्पतालले जनाएको छ ।

सहयोग गर्न चाहनु हुने दाताहरुले उनको मोबाइल नं ९८४९०९९३६२ मा सम्पर्क गर्न वा माछापुछ्रे बैंक न्युरोड शाखामा रहेको रुपाका दाई देवेन्द्र तिवारीको खाता नं. २१४९५२४६१९१६६०१३ मा रकम जम्मा गर्न सकिने छ ।

 

Logo