धनगढी

कैलालीको धनगढी उपमहानगरपालिका ४ की एक १५ वर्षीया अविवाहित किशोरीले बच्चा (छोरा) जन्माएकी छिन् । "/>

नसालु पदार्थ खुवाएर यौनहिंशा पछि अविवाहित किशोरीले छोरा जन्माइन् !

नसालु पदार्थ खुवाएर यौनहिंशा पछि अविवाहित किशोरीले छोरा जन्माइन् !

केन्द्रबिन्दु
0
Shares

धनगढी

कैलालीको धनगढी उपमहानगरपालिका ४ की एक १५ वर्षीया अविवाहित किशोरीले बच्चा (छोरा) जन्माएकी छिन् । धनगढी उपमहानगरपालिका ४ की १५ वर्षीया किशोरीले आइतबार बिहान बच्चा जन्माएर फालेको अवस्थामा प्रहरीले उद्धार गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेका अनुसार बिहानै जन्मिएको शिशुलाई प्रहरीले दिउँसो १ बजे उद्धार गरेको छ ।

छिमेकीले बच्चालाई बोरामा राखेको अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै वडा प्रहरी कार्यालयको टोलीले बच्चा र आमालाई उद्धार गरी सेती अञ्चल अस्पताल पुर्याएको छ । बालकको आईसीयुमा उपचार भइरहेको छ भने आमालाई पनि अस्पताल भर्ना गरिएको छ । दुवैको अवस्था सामान्य छ ।

प्रहरीको प्रारम्भिक सोधपुछमा अवैध सम्बन्धबाट बच्चा जन्मिएको खुलेको छ । परिवारका सदस्यले ९ महिना अगाडि किशोरी धनगढी उपमहानगरपालिकाकै फूलबारीकी एक साथीको घरमा गएको र त्यही यौनहिंसा भएको आशंका गरेको छ । प्रहरीसँगको बयानमा किशोरीले फूलबारीमा साथीको घरमा जाँदा आफूलाई नसालु पदार्थ खुवाएर बेहोस बनाएको बताएकी छिन् । प्रहरी उपरीक्षक घिमिरेका अनुसार यो विषयमा थप अनुसन्धान सुरु भएको छ ।
अन्नपूर्णबाट

Logo