काठमाडौं

सरकारी कोटामा कोरिया पठाइदिने भन्दै ठगी गर्ने दुई जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) को टोलीले पक्राउ गरेको छ । "/>

कोरिया पठाइदिने भन्दै ९ जनाबाट ८० लाख ठगी गर्ने पक्राउ

कोरिया पठाइदिने भन्दै ९ जनाबाट ८० लाख ठगी गर्ने पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

सरकारी कोटामा कोरिया पठाइदिने भन्दै ठगी गर्ने दुई जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) को टोलीले पक्राउ गरेको छ । उनीहरूले करिब ८० लाख रूपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा लमजुङ दुर्दी–२ का ५३ वर्षीय मिन बहादुर थापा र ३५ वर्षीय जोसेफ श्रेष्ठ छन् ।

प्रहरीका अनुसार उनीहरूले प्रति व्यक्ति करिब ११ लाख रुपैयाँका दरले ९ जना बढीलाई ठगी गरेका थिए । सिआइबीका एसपी कृष्णहरि शर्माका अनुसार वर्ष दिनका लागि सरकारी कोटामा कोरिया जाने र त्यसपछि प्रत्येक वर्ष भिषा नविकरण गरिने प्रलोभन दिने देखाएका थिए । यता श्रेष्ठले पुतलीसडक स्थित लोटस कन्सल्टेन्सीबाट रकम लिने गरेको खुलेको प्रहरीले दाबी गरेको छ ।
नयाँ पत्रिकाबाट

Logo