रुकुम

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा एकै दिन आइतबार चार जोडीको विवाह रोकिएको छ । "/>

किन रोकियो चार जोडीको विवाह ? यस्तो छ कारण….!

किन रोकियो चार जोडीको विवाह ? यस्तो छ कारण….!

केन्द्रबिन्दु
0
Shares

रुकुम

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा एकै दिन आइतबार चार जोडीको विवाह रोकिएको छ । जिल्लास्थित बाल सञ्जालले उमेर नपुगि गर्न लागिएका चारवटै जोडीको विवाह रोकेको हो ।

चौरजहारी नगरपालिका– १२ का १५ वर्षीया किशोरी र १७ वर्षीय युवकका बीच हुन लागेको विवाहलाई रोकेर बाल सञ्जालले उनीहरुलाई आफन्तको जिम्मा लगाएको वडा नं १२ का वडाध्यक्ष एवं बाल सञ्जाल संरक्षण समितिको अध्यक्ष मनमोहन शाहले जानकारी दिए । यस्तै वडा नं १४ का १८ वर्षीय युवक र सल्यान ढाकाडामकी १६ वर्षीया किशोरीका बीच भएको विवाह तथा चौरजहारी नगरपालिका– १० का किशोर किशोरीका बीच हुन लागेको विवाह समेत बाल सञ्जालले रोकेर उनीहरुका आफन्तका जिम्मा लगाइएको छ ।

यसैगरी वडा नं– १३ का १७ वर्षीय युवक र १७ वर्षकै युवतीका बीचको विवाह समेत बाल सञ्जालले रोकेको शाहले बताए । उनीहरुले उमेर नपुगेर गरेकोले वडा कार्यालयको रोहवरमा विवाह रोकेर आफन्तको जिम्मा लगाइएको हो । “नगरपालिकालाई बाल विवाह मुक्त क्षेत्र बनाउनका लागि बाल सञ्जाललाई सक्रिय पारेका छौँ,” शाहले भने । रुकुमेली समाज विकास केन्द्रले यस क्षेत्रमा विगत दुई वर्ष देखि बाल सञ्जाल मार्फत कार्यक्रम गर्दै आएको छ ।
रासस

Logo