काठमाडौं

विगत बीस वर्षमा झण्डै ६ गुनाले बलात्कारका घटना बढेको पाइएको छ । दुई दशक अघि देशभरि करीब २ सय बलात्कारका घटना हुने गरेकोमा पछिल्लो एक वर्षमा मात्रै झण्डै १२ सय घटना भएका छन् । "/>

बलात्कारका घटना दैनिक रुपमा वढ्दै : डरलाग्दो तथ्यांक सार्वजनिक !

बलात्कारका घटना दैनिक रुपमा वढ्दै : डरलाग्दो तथ्यांक सार्वजनिक !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

विगत बीस वर्षमा झण्डै ६ गुनाले बलात्कारका घटना बढेको पाइएको छ । दुई दशक अघि देशभरि करीब २ सय बलात्कारका घटना हुने गरेकोमा पछिल्लो एक वर्षमा मात्रै झण्डै १२ सय घटना भएका छन् ।

६ वर्षीया बालिका देखि ७२ वर्षीया वृद्धासम्म बलात्कारका शिकार भएका घटना बेलाबेला सार्वजनिक भइरहेका छन् । नेपाल प्रहरीको पछिल्लो तथ्यांक अनुसार आर्थिक वर्ष २०५४,०५५ मा देशभरि १ सय ८१ वटा बलात्कारको घटना भएका थिए भने आर्थिक वर्ष २०७३,०७४ मा आइपुग्दा यो संख्या ११ सय ३१ पुगेको छ ।

पछिल्लो तीन,चार वर्षमा बलात्कार घटनाको वृद्धिदर पनि बढेको छ । आर्थिक वर्ष २०६९,०७० मा ६ सय ७७ घटना भएकामा आर्थिक वर्ष २०७०,०७१ मा ९ सय १२ घटना भएका थिए । त्यसैगरी आर्थिक वर्ष ०७१,०७२ मा ९ सय ८१ बलात्कार घटना भएका थिए । आर्थिक वर्ष २०७२,०७३ मा देशभरि १ हजार ८९ बलात्कारका घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

केन्द्रीय अपराध अनुसन्धान ब्युरोका प्रमुख डीआईजी पुष्कर कार्की बलात्कारका घटना बढेको मात्रै नभएर घटनाबारे प्रहरीमा उजुरी गर्ने सचेतना पनि बढेको बताउँछन् । देशभरिको तुलनामा उपत्यकामा बलात्कार घटनामा धेरै उजुरी पर्ने गरेको तथ्यांकले देखाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको तथ्यांक अनुसार आर्थिक वर्ष २०७२,७३ मा १०८ वटा बलात्कारका मुद्दा दर्ता भएका थिए भने आर्थिक वर्ष २०७३,०७४ मा १४३ वटा मुद्दा दर्ता भएका छन् । ललितपुरमा आव २०७१,०७२ मा १७ वटा, ०७२,०७३मा ११ वटा र ०७४ मसान्त सम्ममा १० वटा बलात्कारका घटना उजुरी परेका छन् । यता भक्तपुरमा २०७१,७२ मा २१, २०७२,७३ मा १३ र २०७३,७४ मा ११ बलात्कारका घटना भएका छन् ।
अन्नपूर्णबाट

Logo