पोखरा

कहिलेकाहिं सामाजिक संजालहरुमा कुनै विषयहरुले आवश्यक भन्दा धेरै चर्चा पाएर त्यसै पनि भाइरल बनिरहेका हुन्छन् । "/>

फेसबुकमा मजाक बनेको ब्यानरको बास्तविकता यस्तो !

फेसबुकमा मजाक बनेको ब्यानरको बास्तविकता यस्तो !

केन्द्रबिन्दु
0
Shares

पोखरा

कहिलेकाहिं सामाजिक संजालहरुमा कुनै विषयहरुले आवश्यक भन्दा धेरै चर्चा पाएर त्यसै पनि भाइरल बनिरहेका हुन्छन् । केहि विषयहरुले सामाजिक संजालको सदुपयोग भन्दा पनि दुरुपयोगमै धेरै महत्व दर्शाएको पनि छ । कसैलाई व्यंग्य गर्नु पर्दा वा हाँसि मजाक गर्नु पर्दा पनि पहिलो प्रयोग सामाजिक संजाल नै हुनु सामान्य जस्तै भइरहेको अवस्थामा केहि दिन देखि एउटा तस्विर यस्तै भाइरल बनेको छ । शायद यो तस्विरमा भएका केहि विषयलाई असावधानीपूर्वक सार्वजनिक गरिंदा यस्तो भएको हुन सक्छ । के छ त तस्विरको यथार्थः एउटा कार्यक्रममा टाँसिएको ब्यानरमा लेखिएको विषय फेसबुक र ट्विटरमा मजाक बनेको छ।

सोमबार पोखरा लेखनाथ महानगरपालिकामा भएको जनचेनता कार्यक्रमको ब्यानरमा लेखिएको विषयलाई लिएर मानिसहरूले मजाक गरेका हुन् । फेसबुक ट्विटरमा सेयर गरिएको फोटोमा रहेको ब्यानरमा कार्यक्रमको शीर्षक लेखिएको छ , एक दिने गर्भवतीहरूका लागि जनचेतना कार्यक्रम । कतिले एक दिने गर्भवती पनि हुन्छ र भन्दै फेसबुक र ट्विटरमा यो फोटो सेयर गरेका छन् भने कतिपयले पोखरा त साँच्चिकैको पोखरा पो रैछ, भन्दै पोखरा माथि नै व्यंग्य कसेका छन् ।

गर्भवतीहरूका लागि एक दिने कार्यक्रम लेख्नुपर्नेमा ब्यानर बनाउँदा भूलबस अन्यथा हुन गएको कार्यक्रमको आयोजक पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले बताए । कार्यक्रममा म आफै थिएँ । तर हेर्न भ्याइएनछ, म बाहिर भएकोले कार्यबाहक ज्यूलाई ब्यानर बनाउन लगाएको थिएँ, उनले भने, अब आइन्दा यस्तो गल्ती गर्दैनौँ । फोटोमा फोनमा कुरा गर्दै गरेका देखिने व्यक्ति वडाअध्यक्ष अधिकारी हुन् । उनले बिहानै देखि आफूलाई पनि ब्यानरमा लेखिएको विषयलाई लिएर धेरैजनाको फोन आएको बताए । जे हुन भइहाल्यो, यसमा मैले के नै पो गर्न सक्छु र ?, उनले भने, जे हुनु भयो, आइन्दा सचेत हुन्छौँ ।

उनले कार्यक्रमको ब्यानर भन्दा पनि गर्भवतीहरूलाई सचेतना दिन अभियान थाल्ने आफ्नो वडाको काममा ध्यान दिन आग्रह गरे । यो नयाँ र नौलो कार्यक्रम हो । गर्भ रहेपछि सुत्केरी हुनेबेला सम्म आमा र बच्चाको स्वास्थ्य राम्रो बनाउन के गर्ने, त्यसमा परिवार र अभिभावकको के भूमिका हुन्छ लगायतका विषय प्रशिक्षणमा समेटिएका थिए, उनले भने, हामी यो कार्यक्रमलाई आउँदा दिनमा पनि निरन्तरता दिने तयारीमा छौँ ।
अन्नपूर्णबाट

Logo