महान्यायाधिवक्ता रमण श्रेष्ठको राजिनामा

महान्यायाधिवक्ता रमण श्रेष्ठको राजिनामा

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, २९ साउन ।

महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले आइतबार आफ्नो पदबाट राजिनामा दिएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजिनामा बुझाएका हुन् । श्रेष्ठले बुझाएको राजिनामा स्वीकृत भइसकेको स्रोतले बताएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पालामा महान्यायाधिवक्ता पदमा नियुक्त भएका उनले देउवा प्रधानमन्त्री भएपछि पनि प्रम देउवाकै आग्रहमा राजिनामा दिएका थिएनन् । आइजिपी नियुक्तिको केस सर्वोच्चमा विचाराधीन रहेको तथा धेरै कानुनी मुद्दामा श्रेष्ठले महत्वपूर्ण भूमिका खेलेकाले देउवाले राजिनामा नदिन आग्रह गर्दै आएका थिए ।

श्रेष्ठले राजिनामा दिएसँगै महान्यायाधिवक्ता बन्न कांग्रेसनिकट कानुन व्यवसायीहरूबीच दौडधुप सुरु भइसकेको छ ।

Logo