पहिलो डोज लगाएकालाई तत्काल दोस्रो डोज दिन नसकिने

पहिलो डोज लगाएकालाई तत्काल दोस्रो डोज दिन नसकिने

केन्द्रबिन्दु
0
Shares

कोरोना भाइरसविरुद्धको खोप कोभिसिल्डकाे पहिलो डोज लगाएका साढे १३ लाखभन्दा बढी नागरिकले दोस्रो डोज तत्काल नपाउने भएका छन् । सरकारले तत्कालै दोस्रो डोज उपलब्ध गराउन नसकिने घोषणा गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाका प्रमुख डा. ताराथान पोखरेलले कोभिसिल्ड खोप तत्काल उपलब्ध हुन नसक्ने बताए । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लाइभ अपडेटमा डा. पोखरेलले कोभिसिल्ड खोप तत्काल उपलब्ध हुने सम्भावना नरहेको बताएका हुन् । 

सरकारले गत फागुन २३ गतेपछि देशभरमै ६५ वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई भारतको खोप निर्माता कम्पनी सेरम इन्स्टिच्यूटबाट उत्पादित कोभिसिल्ड खोप लगाउन शुरु गरेको थियो । यस्तै, १४ जिल्लामा ५५ वर्षका माथिका व्यक्तिलाई पनि खोप लगाउन थालिएको थियो ।

कोभिसिल्डको पहिलो डोज लगाएका देशभरका ६५ वर्ष र १४ जिल्लाका ५५ वर्षमाथिका गरी साढे १३ लाख व्यक्तिले तत्कालै दोस्रो डोज लगाउनुपर्ने भएको छ । तर, सरकारले भने ती व्यक्तिलाई अहिलेकै अवस्थामा खोप उपलब्ध गराउन नसकिने बताएको हो । 

विश्व स्वास्थ्य संगठनले खोपको पहिलो मात्रा लगाएको ८ देखि १२ हप्तासम्ममा दोस्रो मात्रा लगाउनुपर्ने जनाएको छ । तर, दोस्रो डोज लगाउनका लागि भारतीय कम्पनीबाट खोप प्राप्त हुन नसकेको डा. पोखरेलेको भनाइ छ । 

Logo