काठमाडौं किन भयो जलमग्न ? (भिडियोसहित)

काठमाडौं किन भयो जलमग्न ? (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

आइतबार राति काठमाडौं उपत्यकामा भारी वर्षा भयो ।

एक रातमै १२१.५ मिलिमिटर वर्षा हुँदा बागमती र यसका सहायक नदीमा बाढी आयो । नदी छेउका वस्ती जलमग्न भए ।

काठमाडौंमा आइतबार भएको वर्षा विगत पाँच दशक यताकै उच्च मापन गरिएको छ ।

बाढीमा काठमाडौंका करिब ४ सय घर डुबानमा परेको थियो । 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार तीन चार दिनदेखिको चर्को घामपछि विकसित स्थानीय प्रणालीमा बंगलाको खाडीबाट आएको जलवाष्पयुक्त न्यून चापीय क्षेत्र मिसिदा एकाएक अतिभारी वर्षा भएको हो ।

राति साढे २ बजेदेखि ६ बजेसम्म मात्र १००.५ मिलिमिटर वर्षा मापन भएको छ, जुन अतिभारी वर्षा हो। काठमाडौंमा रातिदेखि बिहान ८ः४५ बजेसम्म मात्र १२१।५ मिलिमिटर वर्षा मापन भएको छ। ‘हामीले २४ घन्टाको वर्षा भने पनि राति पानी परेको हो,’ उनले भने ।

पानीको निकास मिचेर संरचना बनाइनाले संघीय राजधानीबासी बाढीको चपेटामा पर्दै आएका छन् । 

Logo