अध्यक्षलाई दुई दिनअघि नै राजीनामा बुझाएको थिएँ : प्रेम आले

अध्यक्षलाई दुई दिनअघि नै राजीनामा बुझाएको थिएँ : प्रेम आले

केन्द्रबिन्दु
0
Shares

संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेले दुई दिनअघि नै पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा बुझाएको बताएका छन्। राष्ट्रियसभा बैठकमा बजेटमाथि उठेका प्रश्नको जवाफ दिएर फर्किँदै गर्दा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन्।

‘राजीनामा मैले पोलिटब्युरोकै बैठकमा ४८ घण्टाभित्र दिन्छु भनेर भनेको थिएँ,’ उनले भने, ‘सवा ३ बजे मैले पार्टीमा कुरा राखेको थिएँ, अहिले ३ बज्न बाँकी नै छ। मैले राजीनामा दिएँ।’ उनले अन्य मन्त्रीको राजीनामाबारे आफूलाई थाहा नभएको बताए। 

उनले अध्यक्ष नेपाललाई दुई दिनअघि नै राजीनामा बुझाएको भन्दै राष्ट्रियसभामा बजेटमाथिका जवाफ दिन बाँकी रहेकाले रोकिएको बताए। 

 

Logo