इन्डोनेसियामा फुटबल खेलका क्रममा भड्कियो हिंसाः १२७ को मृत्यु, १८० घाइते

इन्डोनेसियामा फुटबल खेलका क्रममा भड्कियो हिंसाः १२७ को मृत्यु, १८० घाइते

केन्द्रबिन्दु
0
Shares

इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा परी १२७ भन्दा बढीको मृत्यु भएको छ । 

एक फुटबल खेलमा हिंसा भड्किएपछि भएको भागदौडमा कम्तीमा १ सय २७ जनाको ज्यान गएको र १८० भन्दा धेरै व्यक्ति घाइते भएको समाचार संस्था रोयटर्सले जनाएको छ । गएराति पूर्वी जाभाको मलङ रिजेन्सीस्थित कान्जुरुहान स्टेडियममा इन्डोनेसियाको बीआरआई लिग १ को फुटबल खेलको क्रममा उक्त घटना भएको हो ।

पूर्वी इन्डोनेसियाको जाभा प्रान्तका प्रहरी प्रमुख निको अफिन्टाले अरेमा एफसी र पर्सेबाया सुराबायाबीचको खेलपछि हारेको पक्षका समर्थकहरूले मैदानमै पसेर आक्रमण गरेको बताएका छन् । हिँसा भड्किएपछि प्रहरीले गोली र अश्रुग्यास प्रहार गरेको थियो । मैदानमै भएको हिँसामा कम्तिमा १ सय २७ जनाको ज्यान गएको र १ सय ८० जना घाइते भएका लिगले एक साताका लागि खेलहरू स्थगित गरेको छ ।  समर्थकहरूले गरेको कार्यप्रति फुटबल संघले खेद व्यक्त गर्दै पीडित परिवार र सबै पक्षहरूसँग क्षमा मागेको छ ।
 

Logo