जर्मनीविरूद्ध जापानकाे ऐतिहासिक जित

जर्मनीविरूद्ध जापानकाे ऐतिहासिक जित

केन्द्रबिन्दु
0
Shares

उपाधि दावेदार जर्मनी फिफा विश्वकप कतार २०२२ को पहिलो खेलमै पराजित भएको छ । बुधबार राति भएको खेलमा जर्मनीमाथि पुनरागमन गर्दै जापानले २-१ को ऐतिहासिक जित निकालेको हो ।

जापानले जर्मनीविरूद्व अन्तर्राष्ट्रिय फुटबलमै पहिलो जित दर्ता गराएको हो ।

इकाय गुन्डोगनको पेनाल्टी गोलमा जर्मनीले ३३औं मिनेटमा १-० को अग्रता लिएको थियो । तर, रित्सु डोआनले रिबाउन्डमा गोल गर्दै ७५ औं मिनेटमा १-१ को बराबरीमा पुर्‍याएका थिए ।  ताकुमा आसानोले ८३ औं मिनेटमा उत्कृष्ट फिनिसिङ गर्दै जापानलाई २-१ को जित दिलाए । 

जितसँगै समूह ई मा जापानले ३ अंक जोडेको छ । 

Logo