नेपालले एसिसी यू-१६ पूर्वी क्षेत्रिय कपकाे ह्याट्रिक उपाधि उचाल्दा…[तस्विरमा]

नेपालले एसिसी यू-१६ पूर्वी क्षेत्रिय कपकाे ह्याट्रिक उपाधि उचाल्दा…[तस्विरमा]

केन्द्रबिन्दु
0
Shares

नेपालले एसिसी यू–१६ पूर्वी क्षेत्रिय कप क्रिकेटको च्याम्पियन बनेको छ । नेपालले फाइनल खेलमा मलेसियालाई दुई सय २१ रनले हराउँदै उपाधि जितेको हो । नेपालले लगातार तेस्रो पटक उक्त उपाधि जितेको हो । नेपालले यसअघि सन् २०१७ मा सिङ्गापुरलाई तथा सन् २०१९ मा मलेसियालाई हराउँदै उपाधि जितेको थियो ।  

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्दै नेपालले निर्धारित ३५ ओभरमा आठ विकेटको क्षतिमा दुई सय ५२ रन बनायो । दुई सय ५३ रनको विजयी लक्ष्य पछ्याउने क्रममा मलेसियाको पारी १४ दशमलव पाँच ओभरमा ३१ रनमै समेटियो । मलेसियाका लागि मोहम्मद अक्रमले १० रनाए । अन्य खेलाडीले दोहरो अङ्कको रन बटुल्न सकेनन् । 

May be an image of 2 people, people playing tennis and text that says 'ACC MEN'S U16 EAST ZONE MALAYSIA Î ASIAN ASIAN CRI NER 24T4TJ 4ìJ 24T BAYUEM L&YS 23 /AL PAL HONG KONG MALAYSIA 'APORE MALDIVES THAILAND'

बलिङतर्फ नेपालका लागि कप्तान अभिषेक तिवारीले ६ ओभरमा एक मेडन राख्दै सात रन दिएर पाँच विकेट लिए । यस्तै सन्तोष यादवले तीन तथा सागर गैरेले एक विकेट लिए । 

यसअघि ब्याटिङ गर्ने क्रममा नेपालका लागि नरेन भट्टले शतकीय पारी खेले । उनले ८९ बल खेल्दै  दुई छक्का र १० चौकाको मद्दतमा अविजित एक सय १२ रन बनाए । यस्तै नीरज यादवले ४७, सुर्यांशु कोइरालाले  १८, सन्तोष यादवले २६ र अशोक धामीले ११ रन बनाए । 

May be an image of ‎2 people, people playing tennis and ‎text that says '‎ا ACC MEN'S U16 EAST ZONE CuAA MALAYSIA 2023 ACC ASIAN CRICKET COUNCIL NEPAL 24T JUNE BAYUEMAS OV LI LU UKM O‎'‎‎

बलिङतर्फ मलेसियाका मोहम्मद अक्रमले तीन तथा आरिन एक्विल र मुहम्मद फदुल मुइनले एक÷एक विकेट लिए । सोमबार नेपालले सिङ्गापुरलाई तथा मलेसियाले हङकङलाई हराउँदै फाइनलमा स्थान बनाएका थिए । प्रतियोगितामा नेपालसँगै मलेसिया, सिङ्गापुर, हङकङ, मालदिभ्स, इन्डोनेसिया र थाइलैण्ड सहभागी थिए । 

May be an image of 2 people, people playing tennis and text that says 'AYSIA ICKET ACC MEN'S U16 EAST ZONE MALAYSIA 2023 命 ASIAN IINC AS OVA ULY 2023 D-UKM OVAL NEPAL HONG KONG SINGAF INDONESIA MALDIVES THAILAND'

May be an image of 2 people and text that says '而 MALAYSIA CRICKET か ACC MEN'SU EAST ZON cup MALAY 2023 NH ì BAYU -4T JULY AL & YSD-UK'

May be an image of 3 people and text

May be an image of 1 person and text

May be an image of 4 people and text

May be an image of 2 people and text

May be an image of 2 people and text that says 'F A S'

May be an image of 4 people and text

May be an image of 1 person and text

May be an image of 2 people and text

तस्विर- क्यान

Logo