कुशलको अर्धशतकमा विश्वकप छनोटमा नेपालको सानदार विजयी सुरुवात, सिङ्गापुर स्तब्ध

कुशलको अर्धशतकमा विश्वकप छनोटमा नेपालको सानदार विजयी सुरुवात, सिङ्गापुर स्तब्ध

केन्द्रबिन्दु
0
Shares

घरेलु टोली नेपालले आइसिसी ट्वान्टी २० विश्वकप एशिया छनोटमा सानदार विजयी सुरुवात गरेको छ । सोमबार भएको पहिलो खेलमा नेपालले सिङ्गापुरमाथि ८ विकेटको सानदार जित हात पारेको हो  । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट क्रिकेट मैदानमा सिङ्गापुरले जितका लागि दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले १६.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्न सफल भयो । नेपालका लागि  ओपनर कुशल भुर्तेलले ७४ रनको उत्कृष्ट अर्धशतकीय इनिङ खेले । ४६ बल खेलेका उनले ८ चौका र २ छक्का प्रहार गरे । 

त्यस्तै, कप्तान रोहितकुमार पौडेलले २ चौका र २ छक्का प्रहार गर्दै ३५ रन जोडे । त्यसअघि अर्का ओपनर आशिफ शेख २७ रनमा आउट भएका थिए  । अन्तिममा एक बल मात्रै खेलेका कुशल मल्लले छक्का प्रहार गर्दै ६ रनमा नटआउट रहे । 

May be an image of 3 people and text

त्यसअघि टस जितेर पहिले व्याटिङ रोजेको सिङ्गापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रनको योगफल बनाएको थियो । सिङ्गापुरका लागि युवा ओपनर रोहन रङ्गराजनले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ३० बलमा ९ चौका र १ छक्कासहित ४६ रन बनाएका हुन् । त्यस्तै आर्यवीर चौधरीले ३७ रन बनाए । उनले २६ बलमा ५ चौकासहित ३७ रन बनाएका हुन् । त्यस्तै मनप्रित सिंहले २४ तथा अक्षा पुरीले १३ रन जोडे । 

नेपालका लागि अभिनाश बोहोराले तीन विकेट लिए भने सन्दिप लामिछाने, गुल्सन झा र करण केसीले समान दुई/दुई विकेट लिए । 

नेपाल दोस्रो पटक ट्वान्टी २० विश्वकपमा छनोट हुने लक्ष्यका साथ मैदानमा उत्रेको छ । नेपालले यसअघि सन् २०१४ मा बङ्गलादेशमा टि ट्वान्टी विश्वकप खेलेको थियो ।  

Logo