शुक्रबार भर्ना गरिएकी धादिङकी २९ वर्षीया अनिता गुरुङको अपरेसनपछि आइतबार बिहान मृत्यु भएको हो। "/>

ओम अस्पताल: हिँडेरै अस्पताल पुगेका बिरामीको मृत्यु, आफन्तको विरोध

ओम अस्पताल: हिँडेरै अस्पताल पुगेका बिरामीको मृत्यु, आफन्तको विरोध

केन्द्रबिन्दु
0
Shares

राजधानीको ओम अस्पतालमा बिरामीको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ।

शुक्रबार भर्ना गरिएकी धादिङकी २९ वर्षीया अनिता गुरुङको अपरेसनपछि आइतबार बिहान मृत्यु भएको हो।

अनिताको मृत्युपछि आफन्तले अस्पतालमा प्रदर्शन गरेका छन्। उपचारमा लापरबाही भएको भन्दै आफन्तले प्रदर्शन गरेका हुन् । आन्दोलित आफन्त र अस्पताल प्रशासनबीच वार्ता भइरहेको प्रहरीले जनाएको छ।

मृतक गुरुङ शुक्रवार दिउँसो हिँडेरै अस्पताल पुगेको परिवारले जनाएको छ । अपरेशनपछि गुरूङको अवस्था सामान्य भएको भन्दै वार्डमा सारिएको थियो । तर, चिकित्सकले अवस्था सामान्य भनेको ६ घण्टा बित्न नपाउँदै उनको मृत्यु भएको मृतकका आफन्तहरुले बताएका चाहन ।

यता अस्पताल प्रशासनले भने गुरुङको मृत्युको कारण अपरेशन नभइ हृदयघात (हर्ट अट्याक) का  कारण भएको दाबी गरेको छ ।

Logo