एएफसी एसियन कपः अन्तिम १६ को टुंगो

एएफसी एसियन कपः अन्तिम १६ को टुंगो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । कतारमा जारी एएफसी एसियन कप फुटबलमा प्रि–क्वाटरफाइनलमा पुग्ने सबै टिमको टुंगो लागेको छ। बिहीबार राति समूह एफका खेल सकिएसँगै अन्तिम १६ मा पुग्ने टिमको टुंगो लागेको हो।

समूह एफको अन्तिम खेलमा कीर्गिस्तान र ओमानले एक एक गोलको बराबरी खेल्दा साउदी अरेविया र थाइल्याण्डले पनि गोलरहित बराबरी खेले। साउदी अरेविया शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा पुग्दा थाइल्याण्ड दोस्रो स्थानका साथ नकआउट चरणमा प्रवेश गर्न सफल भयो समूह एबाट कतार र ताजकिस्तान अन्तिम १६मा प्रवेश गर्दा समूह बीबाट अस्ट्रेलिया र उज्वेकिस्तान प्रवेश गरे।

यसैगरी समूह सीबाट इरान र युएई पुग्दा समूह डीबाट इराक र जापानले स्थान सुरक्षीत गरे। समूह ईबाट बहराइन र दक्षिण कोरियाले अन्तिम १६ मा प्रवेश पाउँदा समूह एफबाट साउदी अरेविया र थाइल्याण्डले स्थान पक्का गरे।

यसैगरी उत्कृष्ट तेस्रो हुँदै समूह बीबाट सिरिया, समूह सीबाट प्यालेस्टाइन डीबाट इन्डोनेशिया समूह ईबाट जोर्डनले पनि नकआउट चरणमा स्थान पक्का गर्न सफल भए ।

नकआउट चरणमा अस्ट्रेलिया र इन्डोनेशिया आमने सामने हुँदा ताजकिस्तानले युएईसँग खेल्नेछ। यो खेल आइतबार हुनेछ।
यसैगरी सोमबार इराक र जोर्डन तथा कतार र प्यालेस्टाइनको खेल हुनेछ।

यस्तै, मंगलबार उज्वेकिस्तान थाइल्याण्ड तथा साउदी अरेविया र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ। प्रि -क्वाटरफाइनल अन्तर्गत बुधबार अन्तिम २ खेल हुने छन्। जसमा बहराइन र जापान तथा इरान र सिरिया आमने सामने हुने छन्।

Logo