अग्सबर्गमाथि बायर्न म्युनिख ३-२ ले विजयी

अग्सबर्गमाथि बायर्न म्युनिख ३-२ ले विजयी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ। बायर्न म्युनिखले जर्मनी बुण्डेसलिगा अन्तर्गत अग्सबर्गलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा बायर्न म्युनिखले अग्सबर्गलाई ३-२ गोल अन्तरले पराजित गरेको हो।

बायर्न म्युनिखको जितमा अलेक्जेन्डर पाभलोभिक, अल्फोन्सो डाभिज र ह्यारी केनले एक एक गोल गरेका थिए। त्यस्तै अग्सबर्गका लागि एर्मेडिन डेमिरोभिकले दुवै गोल गरेका थिए।

यो जितपछि बायर्न म्युनिखको १९ खेलमा ४७ अंक भयेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ। हाल बायर्न म्युनिख शिर्ष स्थानमा रहेको लिभरकुसेनको १९ खेलमा ४९ अंक रहेको छ र बायर्न भन्दा २ अंकले अगाडी रहेको छ। त्यस्तै अग्सबर्गको भने १९ खेलमा २१ अंक रहेको छ र लिगमा १३औं स्थानमा रहेको छ।

Logo