भिल्लारियलसँग बार्सिलोनाकाे लज्जास्पद हार

भिल्लारियलसँग बार्सिलोनाकाे लज्जास्पद हार

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ। स्पेनिस ला- लिगा अन्तर्गत बार्सिलोना भिल्लारियलसँग पराजित भएको छ। गएराती सम्पन्न खेलमा भिल्लारियलले बार्सिलोनालाई ५-३ गोल अन्तरले पराजित गरेको हो।

भिल्लारियलको जितमा जेरार्ड मोरेनो, लिआस अखोमाच, गोन्कालो गुएडेस, अलेक्जेन्डर सोरलोथ र जोस लुइस मोरालेसले एक एक गोल गरेका थिए।

त्यसैगरी बार्सिलोनाका लागि इके गुनडोगान र पेड्रीले एक एक गोल गरेका थिए भने एक गोल भिल्लारियलका एरिक बेलीले आत्मघाती गोल गरेका थिए। यो जितपछि भिल्लारियलको २२ खेलमा २३ अंक भएको छ र अंकतालिकामा १४औं स्थानमा रहेको छ।

त्यस्तै बार्सिलोनाको भने यो यस सिजनको पाँचौं हार हो । २१ खेलमा बार्सिलोनाको ४४ अंक रहेको छ र लिगमा तेस्रो स्थानमा रहेको छ । बार्सिलोना शिर्ष स्थानमा रहेको रियल म्याड्रिड भन्दा १० अंकले पछाडि रहेको छ। यो हारपछि बार्सिलोनाका प्रशिक्षक जाभीले यस सिजनको अन्त्यपछि क्लब छोड्ने घोषणा गरेका छन्।

Logo