गुएना र कंगो अफ्रिका कपको क्वाटरफाइनलमा

गुएना र कंगो अफ्रिका कपको क्वाटरफाइनलमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं। अफ्रिका कप अफ नेशन्समा गुएना र कंगोले क्वाटरफाइनलमा पुगेका छन्।

आइतबार राति भएको खेलमा इक्युटोरियल गुएनालाई १–० गोल अन्तरले पराजित गर्दै गुएनाले अन्तिम ८ मा स्थान पक्का गर्दा कंगोले इजिप्टलाई पेनाल्टीमा ८–७ गोल अन्तरले पराजित गरेकाे हाे।

यी दुवै टोलीले अन्तिम ८ मा स्थान पक्का गरे। इक्युटोरियल गुएना ५५ औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो। इक्युटोरियल गुएनाका उसका फेडरिको विकोरो रातो कार्ड पाएका थिए। ६९ औं मिनेटमा इमिलियो नासुले गरेको पेनाल्टी प्रहार पनि खेर जाँदा इक्युटोरियल अभागी सावित भयो।

गुएनाका लागि दोस्रो हाफको अतिरिक्त आठौं मिनेटमा मोहमद बायोले निर्णायक गोल गर्दै टिमलाई अन्तिम ८ मा पुर्याउन मद्दत गरे। यसैगरी अर्को खेलमा कंगोसँग इजिप्ट स्तब्ध भयो। निर्धारित समय एक एक गोलको बराबरीमा सकिएको थियो।

थप गरिएको समयमा पनि गोल नभएपछि पेनाल्टीमा कंगोले ८–७ ले बाजी मारेको थियो। निर्धारित समयको ३७ औं मिनेटमा कंगोका इलिया मिसेचकले गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफको अतिरिक्त पहिलो मिनेटमा इजिप्टका मोस्तफा मोहमदले पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरेका थिए।

इजिप्टका मोहमद हमेदी ९७ औं मिनेटमा दोहोरो पहेँलो कार्ड (रातो) पाउँदै मैदान छाडेपछि १० खेलाडीमा समेटिएको थियो। त्यसका फाइदा कंगोले उठाउन नसकेपनि पेनाल्टीबाट जित निकाल्न भने सफल भयो।

Logo