श्रीलंका क्रिकेट बोर्डमाथि आइसीसीले लगाएको प्रतिबन्ध हट्यो

श्रीलंका क्रिकेट बोर्डमाथि आइसीसीले लगाएको प्रतिबन्ध हट्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले श्रीलंका क्रिकेट बोर्डमाथि लगाएको प्रतिबन्ध हटाएको छ। आइसीसीले तुरुन्तदेखि लागु हुनेगरि श्रीलंकामाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो।

आइसीसीले क्रिकेट संघमा सरकारले हस्तक्षेप गरेको भन्दै गत नोभेम्बर १० मा प्रतिबन्ध लगाएको थियो। त्यसपछि नोभेम्बर २१ मा बसेको आइसीसी बोर्डले प्रतिबन्धका बाबजुत श्रीलंकाको क्रिकेट गतिविधिलाई जारी राख्ने निर्णय गर्दै यू-१९ विश्वकप श्रीलंकाबाट दक्षिण अफ्रीका सार्ने निर्णय गरेको थियो।

Logo