क्यानडाविरुद्ध कुशल भुर्तेलको अर्धशतक

क्यानडाविरुद्ध कुशल भुर्तेलको अर्धशतक

केन्द्रबिन्दु
14
Shares

काठमाडाैं । क्यानडाविरुद्धको तीन एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेलमा नेपालका कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् ।

टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालका लागि ओपनर भुर्तेलले सानदार अर्धशतक प्रहार गरेका हुन् । ४४ बल खेलेका उनले ८ चौका र १ छक्काको मदतमा अर्धशतक पूरा गरे । उनको यो सातौं अन्तर्राष्ट्रय एकदिवसीय अर्धशतक हो ।

आजको खेलमा नेपालको टोलीमा सूर्य तामाङ र रिजन ढकालले डेब्यू गरेका छन् । सूर्य स्पिनर र रिजन बायाँ हाते तीव्र गतिका बलर हुन् । दुवै टोलीले सिरिजमा विजयी सुरुआत गर्ने उद्देश्यका साथ मैदान उत्रिएका छन् ।

Logo