क्यानडाविरुद्ध नेपालको दोस्रो विकेट पतन, कप्तान रोहित सस्तैमा समेटिए

क्यानडाविरुद्ध नेपालको दोस्रो विकेट पतन, कप्तान रोहित सस्तैमा समेटिए

केन्द्रबिन्दु
42
Shares

काठमाडाैं । क्यानडाविरुद्धको एकदिवशीय सिरिजअन्तर्गतको पहिलो खेलमा नेपाललाई दोस्रो झट्का लागेको छ ।

टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालका लागि कप्तान रोहितकुमार पौडेल सस्तैमा आउट भएका हुन् । १७ बल खेलेका उनी ८ रन जोड्दै आउट भए । १४औं ओभरको तेस्रो बलमा उनी क्याच आउट भएका हुन् ।

हाल नेपाल २ विकेटको क्षतिमा ७५ रन बनाएर खेलिरहेको छ । क्रिजमा अर्धशतक बनाएर ओपनर कुशल भुर्तेल र भिम सार्की रहेका छन् । यसअघि अर्का ओपनर आसिफ शेख पनि २४ बलमा ८ रन बनाएर आउट भएका थिए ।

आजको खेलमा नेपालको टोलीमा सूर्य तामाङ र रिजन ढकालले डेब्यू गरेका छन् । सूर्य स्पिनर र रिजन बायाँ हाते तीव्र गतिका बलर हुन् । करण केसी र गुलशन झा यस सिरिजमा छैनन् ।

Logo