अर्धशतक बनाएका कुशल भुर्तेल आउट

अर्धशतक बनाएका कुशल भुर्तेल आउट

केन्द्रबिन्दु
84
Shares

क्यानडाविरूद्धको पहिलो एकदिवसीय खेलमा नेपाललाई ठूलो झट्का लागेको छ । ओपनिङ ब्याटर कुशल भुर्तेल आउट भएका हुन् ।

टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालका लागि अर्धशतक बनाइसकेका कुशल ६२ रन बनाउँदै आउट भएका हुन् । उनी १८औं ओभरको तेस्रो बलमा रनआउट भएका हुन् । सो क्रममा उनले ९ चौका र एक छक्का प्रहार गरे । हाल ३ विकेटको क्षतिमा नेपालले १०० रन पूरा गरेको छ । क्रिजमा भिम सार्की र कुशल मल्ल रहेका छन् ।

यसअघि कप्तान रोहितकुमार पौडेल र अर्का ओपनर आसिफ शेख सस्तैमा समेटिएका थिए । १७ बल खेलेका रोहित ८ रन जोड्दै आउट भए । १४औं ओभरको तेस्रो बलमा उनी क्याच आउट भएका हुन् । आसिफ पनि २४ बलमा ८ रन बनाएर आउट भएका थिए ।

Logo