क्यानडाविरूद्ध क्रिजमा संघर्षरत नेपाली ब्याट्सम्यान

क्यानडाविरूद्ध क्रिजमा संघर्षरत नेपाली ब्याट्सम्यान

केन्द्रबिन्दु
28
Shares

क्यानडाविरूद्धको पहिलो एकदिवसीय खेलमा नेपालले पाँचौं विकेट गुमाएको छ ।

टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले कुशल मल्ललाई पनि गुमाएको हो । २९औं ओभरमा हर्स ठाकरको तेस्रो बलको सामना गरेका कुशल क्याच आउट भएका हुन् । ३२ बल खेलेका उनले एक चौका र एक छक्काको मदतमा २० रन जोडे । हाल नेपालले ५ विकेटको क्षतिमा १४६ रन बनाएको छ ।

त्यसअघि नेपालले पहिलो विकेटका रुपमा ओपनर आशिफ शेखलाई गुमाएको थियो । उनी २४ बलमा आठ रन बनाउँदै आउट भएका थिए । ९.१ ओभरमा आशिफ आउट हुँदा नेपालले ४८ रन बनाएको थियो । दोस्रो विकेटका रुपमा कप्तान रोहित पाैडेललाई गुमायाे । उनी १७ बलमा एक चौकाको मद्दतले आठ रन बनाउँदै आउट भएका थिए । रोहितको विकेट इश्वरजोत सोहीले लिएका थिए । उनले नेपाली टोलीका कप्तानलाई हर्ष थाकेरद्वारा क्याच गराएका थिए ।

तेस्रो विकेटका रुपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई गुमाएको थियो । उनी ६२ रन बनाउँदै आउट भएका थिए । उनले ५८ बलको सामना गरी एक छक्का र नौ चौका हिर्काएका थिए । कुशल भुर्तेलले १३.४ ओभरमा ४४ बलको सामना गरी एक छक्का र आठ चौकाको मद्दतले अर्धशतक पुरा गरेका थिए । उनकाे याे साताैं एकदिवसीय अर्धशतक हाे ।

चौथो विकेटका रुपमा भीम सार्की आउट भए । उनी १७ रन बनाउँदै पेभेलियन फर्किएका हुन् । उनले २६ बलमा दुई चौका पनि हिर्काएका थिए ।

आजको खेलमा नेपालको टोलीमा सूर्य तामाङ र रिजन ढकालले डेब्यू गरेका छन् । सूर्य स्पिनर र रिजन बायाँ हाते तीव्र गतिका बलर हुन् । दुवै टोलीले सिरिजमा विजयी सुरुआत गर्ने उद्देश्यका साथ मैदान उत्रिएका छन् ।

Logo