प्याब्सन स्पोर्टस्ः ८ विद्यालय क्वारटरफाइनलमा

प्याब्सन स्पोर्टस्ः ८ विद्यालय क्वारटरफाइनलमा

केन्द्रबिन्दु
84
Shares

विराटनगर। १३औं संस्करणको प्याब्सन स्पोट्र्स मिट अन्तर्गत बिहीबार भएको प्याब्सन प्रेसिडेन्ट कप यू–१५ फुटबल प्रतियोगितामा ८ वटा स्कुल क्वाटरफाइनलमा पुगेका छन् ।

विराटनगरको जुट मिल र डिग्री क्याम्पसको खेलमैदानमा भएको खेलमा विराटनगरको सेन्ट जोसेफ, बेलबारीको शिक्षा सदन, पथरीको एभरेष्ट, अन्नपूर्ण, हरैचा मोडल, बेलबारीको भुपु सैनिक, सुनगाभा र पथरीको सिंहदेवी स्कुल क्वाटरफाइनलमा पुगेका हुन् ।

विराटनगर जुट मिलको खेलमैदानमा भएको पहिला खेलमा ग्रामथान गाउँपालिकामा रहेको जनक मेमोरियल स्कुललाई सडन डेथमा १३–१२ गोलले हराउँदै विराटनगरको सेन्टजोसेफ स्कुल अन्तिम आठमा पुगेको छ।

यसैगरी रतुवामाइको मुनाल आदर्श स्कुललाई ३–० गोलले निरास बनाउँदै बेलबारीको शिक्षा सन्देश स्कुल विजय भएको छ। शिक्षा सन्देश स्कुलका आशिष मगरले ह्याट्रिक गर्दै टिमलाई क्वाटरफाइलनमा पुर्याए। खेलको म्यान अफ द म्याच पनि आशिष भए।

तेस्रो खेलमा विराटनगरको ग्यालेक्सी स्कुललाई पथरीको एभरेष्ट स्कुलले १–० गोलले हराउँदै एभरेष्ट अन्तिम आठमा पुगेको छ। जितको लागि निर्णायक गोल एभरेष्टका सञ्जीव तामाङ्गले गरे। उनी खेलको म्यान अफ द म्याच पनि घोषित भए।

चौथो खेलमा उर्लाबारीको विद्या ज्योती स्कुलले पथरीको अन्नपूर्ण स्कुललाई २–० गोलले पराजित गर्यो। अन्नपूर्णका युगल राई र सुजल गुरुङले समान १–१ गोल गरे । खेलको म्यान अफ द म्याच अन्नपूर्णका युगल घोषित भए।

यसैगरी, डिग्री क्याम्पसको खेलमैदानमा भएको पहिलो खेलमा हरैँचा मोडल स्कुलले विराटनगरको सगरमाथा स्कुलललाई १–० गोलले हरायो । जितको लागि निर्णायक गोल हरैँचा मोडलका एलन श्रेष्ठले गरे। उनी म्यान अफ द म्याच पनि घोषित भए।

दोस्रो खेलमा बेलबारीको भुपु सैनिक स्कुलले सुन्दर हरैचाको सिद्धार्थ स्कुललाई टाइब्रेरकमा ३–२ गोलले जित्यो। निर्धारित समयसम्म गोलरहित खेल बराबरी भएपछि जितको छिनोफानो टाइब्रेकरबाट भएको हो।

तेस्रो खेलमा उर्लाबारीको सुनगाभा बोर्डिङ स्कुलले पशुपति आवसीय विद्यालयलाई टाइब्रेरकमा ४–३ गोलले निरास बनायो। निर्धारित समयसम्म गोलरहित खेल बराबरी भएपछि खेल टाइब्रेकर भएको थियो।

चौथो खेलमा पथरीको सिंहदेवी स्कुलले बेलबारीको बालमिकी स्कुललाई १–० गोलले हराउँदै सिंहदेवीले जितेको छ। निर्णायक गोल सिंहदेवीका गणेश बहादुर राईले गरे । बालमिकी स्कुलका उमेश राना मगर म्यान अफ द म्याच घोषित भए।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल मोरङको आयोजनामा सुरु भएको प्रतियोगिता २८ गतेसम्म सञ्चालन हुनेछ।स्पोट्र्स मिटमा जिल्लाभरका २१० वटा प्याब्सनमा आवद्ध सदस्य विद्यालयबाट ३ हजारभन्दा बढी विद्यार्थी सहभागी हुने प्याब्सन अध्यक्ष प्रेमलालसिंह सुवालले जानकारी दिए।

Logo