मकवानपुर गोल्डकपः एपीएफ र एनआरटीबीच उपाधि भीडन्त

मकवानपुर गोल्डकपः एपीएफ र एनआरटीबीच उपाधि भीडन्त

केन्द्रबिन्दु
84
Shares

हेटौंडा। सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता-२०८० को उपाधिका लागि सशस्त्र प्रहरी (एपीएफ) र न्यूरोड टीम (एनआरटी) खेल्ने भएका छन्।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडा-६, गौरीटारस्थित मैदानमा जारी प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ।

प्रतियोगिताको विजेताले नगद १५ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ। फाइनल पुगेका दुवै टिम अब कम्तिमा पनि १० लाखको हकदार बनिसकेका छन्। तर यसवर्षको उपाधि कसले बाजी मार्छ भनेर हेर्न भने शनिबारसम्म कुर्नैपर्ने हुन्छ।

यसअघि सेमीफाइनलमा एपीएफले बाग्मती युवा क्लब सर्लाहीलाई पराजित गरेर फाइनलमा आइपुगेको हो भने एनआरटीले धनकुटालाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो। माघ १६ देखि जारी प्रतियोगिता शनिबार सकिँदैछ।

Logo