अस्ट्रेलिया यू-१९ विश्वकपको फाइनलमा

अस्ट्रेलिया यू-१९ विश्वकपको फाइनलमा

केन्द्रबिन्दु
252
Shares

काठमाडौँ। अस्ट्रेलिया जारी यू-१९ क्रिकेट विश्वकपको फाइनलमा पुगेको छ। गएराती सम्पन्न दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई एक विकेटले पराजित गर्दै अस्ट्रेलिया विश्वकपको फाइनलमा पुगेको हो।

पाकिस्तानले दिएको १८० रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ४९.१ ओभरमा ९ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो। यस अघि पाकिस्तानले ४८.५ ओभरमा अलआउट हुँदै १७९ रन बनाएको थियो।

अब अस्ट्रेलियाले फाइनलमा उपाधिका लागि आइतबार भारतको सामना गर्ने छ। भारतले यसअघि दक्षिण अफ्रिकालाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।

Logo