पल्सर स्पोर्ट्स अवार्डको उत्कृष्ट तीनमा काे-काे परे ?

पल्सर स्पोर्ट्स अवार्डको उत्कृष्ट तीनमा काे-काे परे ?

केन्द्रबिन्दु
28
Shares

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डका लागि उत्कृष्ट तीनको छनोट गरेको छ ।

शुक्रबार पत्रकार सम्मेनको आयोजना गरी, यहि २८ गते हुने पल्सर स्पोर्ट्स अवार्डको उत्कृष्ट तीनको छनोट गरिसकेको र विजेता भने कार्यक्रमको दिन चयन गरिने मञ्चका स्पोर्ट्स अवार्ड छनोट समितिका सदस्य गोबिन्दराज नेपालले जानकारी दिए ।

उनले भने,‘वर्षभर उत्कृष्ट प्रदर्शन गर्ने बढीभन्दा बढी खेलाडी तथा प्रशिक्षकलाई स्पोर्ट्स अवार्डमा समेट्ने उद्देश्यमा मञ्चले नयाँ प्रयोग गरेको हो । वर्षका उत्कृष्ट पुरुष खेलाडी, वर्षका उत्कृष्ट महिला खेलाडी, वर्षका उत्कृष्ट युवा खेलाडी र वर्षका उत्कृष्ट प्रशिक्षकको मनोनयनमा ८–८ जना परेका थिए । त्यसमध्यैबाट आज हामीले उत्कृष्ट तीनको छनोट गरेका छन् । उत्कृष्ट तीनबाट कार्यक्रमको दिन विजेता चयन गरिनेछ ।’

युवा खेलाडीको शीर्ष तीनको छनोटमा क्रिकेटका देव खनाल, एथलेटिक्सकी राममाया बुढा र बक्सिङकी सुष्मा तामाङ रहेका छन् ।

वर्ष वर्षका उत्कृष्ट प्रशिक्षकको शीर्ष तीन छनोटमा एथलेटिक्सका चन्द्रबहादुर गुरुङ, बक्सिङका दीपक महर्जन र क्रिकेटका जगत टमाटा रहेका छन् । वर्षको उत्कृष्ट पुरुष खेलाडीको शीर्ष तीनमा क्रिकेटका आशिफ शेख र रोहितकुमार पौडेल तथा एथलेटिक्सका दीपक अधिकारी परेका छन् ।

Logo