एशियन कपको फाइनलमा जोर्डन र कतार भिड्दै

एशियन कपको फाइनलमा जोर्डन र कतार भिड्दै

केन्द्रबिन्दु
224
Shares

काठमाडौँ। १८औं एशियन कप फुटबलको फाइनल खेल आज हुँदैछ। फाइनलमा जोर्डन र आयोजक कतार उपाधिका लागि आज भिड्दै छन् । यो खेल नेपाली समय अनुसार राती ८स् ४५ बजेदेखि सुरु हुँदैछ।

जोर्डनले सेमिफाइनलमा दक्षिण अफ्रिकालाई २(० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। जोर्डन एशियन कपको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको हो। जोर्डन यसअघि २००४ र २०११ मा क्वाटरफाइनलसम्म पुगेको थियो। जोर्डन पाँचौं पटक एशियन कप खेलिरहेको छ।

त्यस्तै कतारले सेमिफाइनलमा इरानलाई ३(२ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक फाइनलको यात्रा तय गरेको हो। डिफेन्डिङ च्याम्पियन रहेको कतार ११औं पटक एशियन कप खेलिरहेको छ। सन् २००० र २०११ मा क्वाटरफाइनलसम्म पुगेको कतारले २०१९ मा एशियन कपको उपाधि जितेको थियो र आज दोस्रो पटक एशियन कपको फाइनल खेल्दैछ।

एशियन कप फुटबलको विजेताले ५ मिलियन डलर नगद पुरस्कार रकम पाउने छ भने उपविजेताले ३ मिलियन डलर नगद पुरस्कार पाउने छ। त्यस्तै एशियन कपको सेमिफाइनलमा पराजित भएका इरान र दक्षिण कोरियाले एक एक मिलियन डलर पाउने छन् भने प्रतियोगितामा सहभागी हरेक देशले २ लाख डलर नगद पाउने छन्।

Logo