फ्रेन्च लिग–१ फुटबलमा पीएसजीको जित

फ्रेन्च लिग–१ फुटबलमा पीएसजीको जित

केन्द्रबिन्दु
112
Shares

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेइन पीएसजी विजयी भएको छ । शीर्ष स्थानको पीएसजीले नान्टेसलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीको जितमा हर्नान्डेज र एम्बाप्पेले एक गोल गोल गरेका थिए । लुकास हर्नान्डेजले ६० औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । ७८ औं मिनेटमा केलियन एम्बाप्पेले पेनाल्टीमा गोल गरेपछि पीएसजी २–० को सहज जित निकाल्न सफल भयो ।

जितपछि शीर्ष स्थानको पीएसजीले ५३ अंक बनाएको छ । पराजित भएको नान्टेस २२ अंकका साथ १३ औं स्थानमा छ । पीएसजीले दोस्रो स्थानमा रहको नाइसलाई १४ अंकले पछि पारेको छ । फ्रेन्च लिगकै अर्को खेलमा लिलेले लीहाभ्रेलाई ३–० गोल अन्तरले पराजित गर्न सफल भयो ।

लिलेको जितमा जोनाथन डेभिडले ह्याट्रिक गरेका थिए । उनले १४, ४४ औं र ४९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्।
जितसँगै लिले ३८ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ भने लि हाभ्रे २४ अंकका साथ १२ औं स्थानमा छ ।

Logo