नामिबियामाथि नेदरल्यान्ड्सकाे सहज जित

नामिबियामाथि नेदरल्यान्ड्सकाे सहज जित

केन्द्रबिन्दु
98
Shares

आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तर्गत नेदरल्यान्ड्सले नामिबियामाथि सहज जित हात पारेकाे छ । साेमबार भएकाे खेलमा नेदरल्यान्ड्सले नामिबियालाई ७ विकेटले पराजित गरेको हाे ।

टीयु मैदानमा नामिबयाले प्रस्तुत गरेको १२४ रनको लक्ष्य नेदरल्यान्ड्सले २७.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्याे । नेदरल्यान्ड्सका लागि ओपनर माइकल लेभिटले सर्वाधिक ५७ रनको योगदान दिए । उनले ८१ बलमा ८ चौका र २ छक्का प्रहार गरे । त्यस्तै, म्याक्स ओ डाओडले २८ रन तथा बास डी लिडेले २१ रन जाेडे ।

नामिबियाका लागि कप्तान जेरार्ड इरासमसले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले ३५.१ ओभरमा सबै १० विकेट गुमाउँदै १२३ रन बनाएको थियाे । नामिबियालाई सस्तैमा समेट्न दत्त एक्लैले नेदरल्याण्ड्सका लागि उत्कृष्ट बलिङ प्रदर्शन गर्दै ९ ओभरमा ३४ रन खर्चिंदै ६ विकेट लिए । यो नेदरल्याण्ड्सका लागि एक दिवशीय क्रिकेटमा सर्वोत्कृष्ट बलिङ प्रदर्शन समेत हो ।

यस्तै, काइल क्लाइनले ५.१ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । रुलफ भ्यान डर मर्वा र म्याक्स ओ’डाउडले समान एक-एक विकेट लिए । नामिबियाका लागि जोनाथन स्मिथले सर्वाधिक २६ रनको योगदान दिए। उनले एक चौका र २ छक्का हिर्काए । त्यस्तै, रुबेन ट्रम्पलम्यानले ३९ बलमा २० रन बनाए । उनले एक छक्का प्रहार गरे । विकेटकिपर जेन ग्रिनले १९ रन बनाउँदा निकोलास डेभिन र कप्तान जेरहार्ड इरास्मसले १३–१३ रनको योगदान दिए ।

नेदरल्याण्ड्सका लागि स्पिनर आर्यन दत्तले एक्लैले छ विकेट लिए ।

पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएकाे नेपाल दोस्रो खेलमा नेदरल्यान्ड्समाथि ९ विकेटले विजयी भयाे। आजको खेलपछि तीनै टोलीले २-२ अंक बटुलेको छ ।

Logo