नेपालले भारतीय दुई घरेलु टोलीसँग त्रिकोणात्मक सिरिज खेल्ने

नेपालले भारतीय दुई घरेलु टोलीसँग त्रिकोणात्मक सिरिज खेल्ने

केन्द्रबिन्दु
168
Shares

नेपाली क्रिकेट टोलीले भारतीय दुई घरेलु टोली गुजरात र बरोडासँग त्रिकोणात्मक टि-२० सिरिज खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपालको सिनियर राष्ट्रिय क्रिकेट टोलीले बरोडा र गुजरात क्रिकेट संघको टोलीसँग त्रिकोणात्मक टि२० सिरिज खेल्ने भएको हाे । उक्त सिरिज मार्च ३१ देखि अप्रिल ७ सम्म चल्नेछ । नेपालले पहिलो खेल चैत्र १७ (मार्च ३०) मा गुजरातसँग खेल्नेछ । दोस्रो खेल चैत्र २० (अप्रिल २) मा खेल्नेछ । चैत्र २१ (अप्रिल ३) मा गुजरातसँग खेल्नेछ ।

त्यस्तै सिरिजको अन्तिम खेल चैत्र २३ (अप्रिल ५) मा बरोडासँग खेल्नेछ । फाइनल चैत्र २५ (अप्रिल ७) मा हुनेछ । सिरिजका शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।

टि२० विश्वकपको लागि तयारी गर्ने लक्ष्यसहित प्रतियोगितामा नेपालले सहभागिता जनाएको हो । टि२० विश्वकप जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा सुरु हुँदैछ । नेपाल रहेको समूह ‘डी’ मा दक्षिण अफ्रीका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन् ।

Logo