ला-लिगामा जिरोना पराजित

ला-लिगामा जिरोना पराजित

केन्द्रबिन्दु
168
Shares

काठमाडौं। स्पेनिस ला-लिगा फुटबलमा दोस्रो स्थानको जिरोना पराजित भएको छ। सोमबार राति भएको खेलमा जिरोना एथ्लेटिक विलबाओसँग ३-२ गोल अन्तरले पराजित भएको हो।

एथ्लेटिकका एलेजान्ड्रो रिमेरियोले दोस्रो मिनेटमै गोल गरेर अग्रता दिलाएका थिए। पहिलो हाफमा त्यहि १ गोलका कारणपछि परेको जिरोनाले ४९ औं मिनेटमा बराबरी गरेको थियो। जिरोनाका लागि त्स्यगानकोवले बराबरी गोल फर्काएका थिए।

तर, ५६ औं मिनेटमा एलेजान्ड्रोले व्यक्तिगत दोस्रो गोल गर्दा एथ्लेटिक बिलबाओ २-१ ले अघि बढेको थियो। त्यसैगरी ६० औं मिनेटमा इनाकी विलियम्सले गोल गर्दै एथ्लेटिकलाई ३-१ ले अघि बढाएका थिए। ७५ औं मिनेटमा एरिक ग्रासियाले गोल गरेर जिरोनालाई राहत दिलाए पनि अन्ततः एथ्लेटिक विलबाओ ३-२ ले विजयी भयो।

जितसँगै बिलबाओ तालिकामा ४९ अंकका साथ पाँचौं स्थानमा छ भने पराजित भएको जिरोना ५६ अंकका साथ दोस्रो स्थानमा यथावत रहेको छ। ला-लिगामा रियल मड्रिड ६२ अंकका साथ शीर्ष स्थानमा छ।

Logo