इंग्लिस प्रिमियर लिगः एभर्टन र क्रिष्टलले अंक बाँडे

इंग्लिस प्रिमियर लिगः एभर्टन र क्रिष्टलले अंक बाँडे

केन्द्रबिन्दु
56
Shares

काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र क्रिष्टल प्यालेसले अंक बाँडेका छन्। सोमबार राति भएको खेलमा दुवै टोलीले एक एक गोलको बराबरी खेल्दै एक एक अंक लिएका हुन्।

एभर्टनको मैदानमा क्रिष्टलले सुरुआती अग्रता लिएको थियो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा क्रिष्टलले ६२ औं मिनेटमा अग्रता बनाएको हो। उसका जोर्डन आइयूले जिन माटेटाको पासमा गोल गर्दै अग्रता दिलाएका थिए।

तर, ८४ औं मिनेटमा ओमाडोउ ओनानाले डिवेट म्याकनेलको पासमा गोल गर्दै एभर्टनलाई बराबरीमा ल्याए। त्यसपछि दुवै टोलीबाट थप गोल ननिस्किएपछि एक एक अंकमा चित्त बुझाए।

बराबरीसँगै क्रिष्टल २५ खेलबाट २५ अंक बनाउँदै तालिकाको १५ औं स्थानमा छ भने एभर्टन समान खेलबाट २० अंक जोड्दै १७ औं स्थानमा रहेको छ। प्रिमियर लिग अन्तर्गत मंगलबार म्यानचेस्टर सिटी र ब्रेन्टफोर्ड आमने सामने हुनेछन्। यो खेल नेपाली समय अनुसार राति सवा १ बजे सुरु हुनेछ।

Logo