पीएसएलमा क्वेटा ग्लाडियटर्सको लगातार जित

पीएसएलमा क्वेटा ग्लाडियटर्सको लगातार जित

केन्द्रबिन्दु
84
Shares

काठमाडौं। पाकिस्तान सुपर लिग पीएसएलमा क्वेटा ग्लाडियटर्सले लगातार दोस्रो जित निकालेको छ।

पहिलो खेलमा पेसावर जाल्मीलाई पराजित गरेको ग्लाडियटर्सले सोमबार राति भएको खेलमा लाहोर क्वालन्दर्सलाई ५ विकेटले पराजित गरेको हो। लाहोरको भने यो लगातार दोस्रो हार हो।

टस जितेर पहिला ब्याटिङ गरेको लाहोरले निर्धारित ओभरमा ७ विकेट गुमाएर १८७ रन बनाएको थियो। लाहोरका लागि साहबजाद फरहानले सर्वाधिक ६२ रनको पारि खेले।

उनले ४३ बलमा तीन छक्का र छ चौकाको मद्दतले ६२ रनको पारि खेलेका हुन्। यसैगरी जनदाद खानले १७ बलमा ४५ रनको धुवाँधार नटआउट पारि खेलेपछि लाहोरो ठूलो स्कोर खडा गरेको थियो। खानले चार छक्का र तीन चौका हिर्काए।

यस्तै, सिकन्दर रजाले १८ रन बनाउँदा रसे भान डेर डुसेनले १५ रन बनाए। कप्तान सहेन साह अफ्रिदीले १२ रन जोड्दा अब्दुल्लाह सफिकले ११ रनमात्रै बनाए। क्वेटाका अकेल हुसने र मोहम्मद हसनानले दुई-दुई विकेट लिए।

१८८ रनको जवाफी लक्ष्यसहित मैदान उत्रिएको क्वेटाले निर्धारित ओभरका ५ बल बाँकी हुँदा ५ विकेट गुमाएर पूरा गरेको थियो। क्वेटालाई जिताउनका ख्वाजा नाफेले ३१ बलमा ६० रनको नटआउट पारि उत्कृष्ट रह्यो।

उनले तीन छक्का र चार चौका प्रहार गरे। यसैगरी साउद शाकेलले २३ बलमा ४० रन जोड्दा जेसन रोयले १९ बलमा २४ रन बनाए। कप्तान रिले रुसो १८ रनमा आउट हुँदा शेरफन रुथफोर्ड १४ रन बनाएर पभेलियन फर्किए। अन्त्यमा अकेल हुसेन ९ रनम नटआउट रहेका थिए।

लाहोरका लागि सहेनसाह अफ्रिदी, हेरिस रौफ, जमान खान, सलमान फयाज र सिकन्दर रजाले एक एक विकेट लिए। नेपालमा पहिलो पटक डिस होम एक्सन स्पोर्टस एचडी वान र टुबाट प्रत्यक्ष प्रशारण भइरहेको पीएसएलमा मंगलबार पनि एक खेल हुनेछ।

मंगलबार राति पौने ८ बजे मुल्तान सुल्तानले इस्लामावाद युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ। यी दुवै टिम लगातार दोस्रो जितको खोजिमा हुने छन्। मुल्तानले पहिलो खेलमा कराँची किंग्स र इस्लामावादले लाहोर क्वालन्दर्सलाई हराएको थियो।

Logo