बागमती गोल्डकपः त्रिभुवन आर्मी र एपीएफ भिड्दै

बागमती गोल्डकपः त्रिभुवन आर्मी र एपीएफ भिड्दै

केन्द्रबिन्दु
98
Shares

मकवानपुर। बागमती गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत् मंगलबार दोस्रो सेमिफाइनल खेल हुँदैछ।

मकवानपुरको बागमती गाउँपालिका-८ स्थित जनता माविको खेल मैदानमा जारी प्रतियोगितामा फाइनल प्रवेशका लागि विभागीय टोलीहरु त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) क्लब खेल्दैछन्। दिउँसो १ बजे हुने खेलमा दुवै टोली जीत निकाल्ने योजनासहित मैदान उत्रने तयारी छन्।

आर्मी यसअघि भएको क्वाटरफाइनल खेलमा आयोजक बागमती खेलकुद विकास समितिलाई र एपीएफ चर्च ब्वाइज युनाइटेडलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेका हुन्। प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

Logo