क्यानडा-११ माथि नेपाल ‘ए’ को रोमान्चक जित

क्यानडा-११ माथि नेपाल ‘ए’ को रोमान्चक जित

केन्द्रबिन्दु
84
Shares

क्यानडा-११ विरुद्धको एकदिवसीय शृङ्खलाको दोस्रो खेलमा नेपाल ए विजयी भएको छ । नेपाल २ विकेटले विजयी भएको हो ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा क्यानडा -११ ले दिएको २४१ रनको लक्ष्य नेपालले ४९.१ ओभरमा ८ विकेटको क्षतिमा पूरा गरेको हो । नेपालको जितमा कप्तान सन्दीप जोराले ६६ रनको अर्धशतकीय पारी खेले । ७४ बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरे । त्यस्तै, बसिर अहमद ४२ रनमा नटआउट रहे ।  राशीद खान ४७ रनमा आउट भए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यानडा -११ ले ४९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउदै दुई सय ४० रनको योगफल बनाएको थियो । क्यानडाका लागि श्रेयास मोम्भाले सर्वाधिक ६८ रनको योगदान दिए । उनले ८२ बल खेल्न क्रममा पाँच चौका प्रहार गरे । त्यस्तै नवनित दलिवालले ४६, श्रीमन्था विजयरत्नेले ४१ र आरोन जोनसनले ३६ रनको योगदान दिए । डिलोन हेलिगरले १६ रन बनाए ।

बलिङतर्फ नेपालका साहब आलमले तीन विकेट लिए भने शेर मल्ल र रासिद खानले समान दुई/दुई विकेट लिए । त्यसैगरी सागर ढकाल र बसिर अहमदले समान एक/एक विकेट लिए ।

यो जितसँगै नेपालले ३ खेलको शृंखला १-१ को बराबरी गरेको थियो । पहिलो एक दिवसीयमा नेपाल ४ विकेटले पराजित भएको थियो ।

Logo