रोहित पौडेलले लिए नामिबियाको दोस्रो विकेट

रोहित पौडेलले लिए नामिबियाको दोस्रो विकेट

केन्द्रबिन्दु
84
Shares

काठमाडाैँ। विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले भइरहेको खेलमा नेपालविरुद्ध १ सय ६९ रनको लक्ष्य पछ्याइरहेको नामिबियाले दोस्रो विकेट गुमाएको छ।

नेपालका बलर रोहित पौडेलले पाँचौँ ओभरको पहिलो बलमा जेपी कोट्जेको विकेट लिएका हुन्। त्रिवि क्रिकेट मैदानमा भइरहेको विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपालले नामिबियालाई १६९ रनको लक्ष्य दिएको छ।

पौडेलले नामिबियाका ओपनर जिन पिएर कोट्जेलाई ३ रनमा बोल्ड आउट गरे। त्यसअघि दोस्रो ओभरको पाचौँ बलमा ओपनर निकोलस डेभिन ८ रन बनाउँदा रन आउट भए।

नेपालले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको नामिबियाले पाचौँ ओभरको खेल जारी रहँदा २ विकेट गुमाउँदा १७ रन बनाएर खेलिरहेको छ। माइकल भान लिंगेन ६ र कप्तान गेहार्ड इरासमस १ रनमा नटआउट छन्।

Logo