कुशल मल्लले लिए मिचेलकाे विकेट

कुशल मल्लले लिए मिचेलकाे विकेट

केन्द्रबिन्दु
112
Shares

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत नामिबियाविरुद्ध नेपालले तेस्रो सफलता प्राप्त गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको नामिबियाको तेस्रो विकेट पतन भएको हो । नेपालका कुशल मल्लले १२औं ओभरको पहिलो बलमा मिचेललाई ३१ रनमा क्याच आउट गराएका हुन् । हाल नामिबियाले ३ विकेटको क्षतिमा ७० रन बनाएर खेलिरहेको छ ।

नामिबियाले पहिलो विकेटका रुपमा ओपनर निकोलस डाभिनलाई गुमायो । उनी आठ रनको ब्यक्तिग स्कोरमा रन आउट भएका थिए । १.४ ओभरमा निकोलस आउट हुँदा नामिबियाले केवल १० रन बनाएको थियो । त्यसपछि दोस्रो विकेटका रुपमा ओपनर जिन पियर कोट्जी आउट भए । तीन रनको ब्यक्तिग स्कोरमा उनलाई नेपालका कप्तान रोहित पौडेलले आउट गरेका हुन् । रोहितले उनलाई बोल्ड गरेका हुन् ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ३७ दशमलव एक ओभरमा अलआउट हुन पुग्याे । नेपालका लागि आशिफ शेखले ६४ बल खेल्दै आठ चौका र एक छक्काको मद्दतमा सर्वाधिक ५८ रनको योगदान दिए । त्यस्तै कुशल मल्ल ३८ र भीम सार्की २६, कुशल भुर्तेल १८, करण केसीले १२ रन बनाए । कप्तान रोहित पौडेल, अनिल साह र देव खनानलले भने खाता खोल्न सकेनन् ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा नामिबियाका बर्नार्ड स्कोल्ज र निकोल लोफ्टि-इटनले समान चाररचार विकेट लिए भने ज्याक ब्रेसल र जेराल्ड एरास्मसले समान एकरएक विकेट लिए । नेपाल पहिलो खेलमा नामिबियासँग चार विकेटले पराजित भएको थियो ।

Logo