नामिबियाको पाँचाैं विकेट पतन

नामिबियाको पाँचाैं विकेट पतन

केन्द्रबिन्दु
224
Shares

काठमाडाैँ। आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत नामिबियाविरुद्ध नेपालले पाँचाैं सफलता प्राप्त गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको नामिबियाको पाँचाैं विकेट पतन भएको हो ।

पाँचौं विकेटका रुपमा कप्तान जेर्हार्ड इरासमस आउट भए। ५२ रनमा खेलिरहेका इरासमसलाई कुशल भुर्तेलले आउट गरे । २२औं ओभरको अन्तिम बलमा कुशलले इरासमसलाई आउट गरेका थिए। नामिबियाले २२ ओभरमा ५ विकेट गुमाएर १०३ रन जोडेको छ ।

नामिबियाका इरासमसबाहेक माइकल भान लिंगेनले ३१ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेका छैनन्।नेपालका रोहित पौडेल, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले पनि एकएक विकेट लिएका छन् ।

Logo