यू–१६ महिला फुटबलः जित्नै पर्ने दबाबमा नेपाल र भारत

यू–१६ महिला फुटबलः जित्नै पर्ने दबाबमा नेपाल र भारत

केन्द्रबिन्दु
70
Shares

काठमाडौं। राजधानीमा जारी साफ यू-१६ महिला फुटबल च्याम्पियनिसपको समूह चरणको अन्तिम खेलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ। नेपाल र भारतबीचको खेल दिउँसो ३ बजे एन्फा मैदान सातदोबाटोमा सुरु हुने छ।

चार देश सहभागी यस प्रतियोगितामा बंगलादेश लगातार दुई जित निकाल्दै फाइनलमा प्रवेश गरिसकेको छ। आज भारत र नेपालबीचको विजेताले फाइनलमा स्थान पक्का गर्ने भएकाले दुवै टिमलाई जित्नैपर्ने बाध्यता रहेको छ। बराबरीले भने भारतलाई नै फाइदा पुग्ने छ।

भारतले आफ्नो पहिलो खेलमा भुटानमाथि ७-० को जित निकालेको थियो। नेपालले भुटानमाथि ३-० को जित निकालेको छ। यसैगरी नेपाल आफ्नो पहिलो खेलमा बंग्लादेशसँग २-० ले पराजित भएको थियो। भारत बंगलादेशसँग ३-१ गोल अन्तरले पराजित भएको थियो।

यसैगरी, भुटान र बंगलादेशबीचको समूह चरणको अन्तिम खेल शुक्रबार हुनेछ। भुटान दुबै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिर भइसकेको छ। फाइनल खेल आइतबार हुनेछ।

Logo