राष्ट्रिय टी-२० क्रिकेटः कर्णाली र एपिएफ भिड्दै

राष्ट्रिय टी-२० क्रिकेटः कर्णाली र एपिएफ भिड्दै

केन्द्रबिन्दु
42
Shares

विराटनगर। मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी नेशनल टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल हुने भएका छन्।

पहिलो खेल कर्णाली र एपिएफ टिमबीच हुनेछ। यस्तै, दोस्रो खेलमा वागमती प्रदेश र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुने आयोजक मोरङ क्रिकेट संघका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिए।

विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा भइरहेको प्रतियोगगितामा हिजो सुदूरपश्चिम प्रदेश र आर्मी विजयी भएका थिए।पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले विभागिय टोली नेपाल पुलिसलाई ५२ रनले पराजित गरेको थियो।

जितसँगै सुदूरपश्चिम ३ खेलमा २ मा जित र १ मा पराजित हुँदै ४ अंकको साथ दोस्रो स्थानमा उक्लिएको छ। यस्तै, दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मीले कर्णाली प्रदेशलाई ८ रनले पराजित गरेको थियो।

प्रतियोगितामा तीन विभागीय र ७ वटा प्रदेशका टिमले सहभागिता जनाएका छन्। प्रतियोगिताको उपाधि विजेता टिमले ५ लाख रुपैयाँसहित ट्रफी तथा उपविजेता टिमले ३ लाख र ट्रफी प्राप्त गर्नेछ।

Logo