प्रतिश जिसीले ताेडे बाबर र अंशुमानकाे साझेदारी

प्रतिश जिसीले ताेडे बाबर र अंशुमानकाे साझेदारी

केन्द्रबिन्दु
84
Shares

मैत्रीपूर्ण टी-२० क्रिकेटमा नेपालले हङकङविरुद्ध तेस्रो विकेट लिएको छ।

हङकङमा टस जितेर फिल्डिङ रोजेको खेलको १३औं ओभरमा नेपालका लागि प्रतिश जिसीले विकेट दिलाएका हुन् । ओभरको चौथो बलमा उनले अंशुमान राठलाई ३९ रनमा आउट गरेका हुन् । योसँगै उनको बाबर हायतसँगको साझेदारी तोडिएको छ । हाल हङकङ ३ विकेटको क्षतिमा ११६ रन बनाएर खेलिरहेको छ ।

यसअघि खेलको पाँचौं ओभरमा नेपालका लागि डेब्यु गरेका आकाश चन्दले मार्टिन कोइत्जीको विकेट लिएका थिए । चन्दले मार्टिनलाई ३१ रनमा आउट गरेका हुन्। साथै आरिफ शेखले तेस्रो ओभरमा कप्तान निजाकत खानलाई शून्य रनमा आउट गरेका थिए।

नेपाल, हङकङ र पपुवा न्युगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी–२० आई शृङ्खला सुरु हुँदैछ । त्यसअघि नेपालले आज हङकङसित एउटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

त्रिकोणात्मक शृङ्खलामा नेपालले पहिलो खेल फागुन २७ गते हङकङसँग खेल्ने छ । यस्तै नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग अर्को खेल खेल्नेछ । फागुन ३० गते त्रिकोणात्मक शृङ्खलाको फाइनल खेल हुने छ ।

Logo