कुशल भुर्तेलले लिए पीएनजीको आठौँ विकेट

कुशल भुर्तेलले लिए पीएनजीको आठौँ विकेट

केन्द्रबिन्दु
98
Shares

काठमाडौँ। हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा मंगलबार नेपालले दिएको एक सय ९९ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको पपुवा न्यु गिनी (पीएनजी) ले लगातार तीन बलमा आठौँ विकेट गुमाएकाे छ।

पीएनजीको आठौँ विकेट पनि कुशल भुर्तेलले नै लिएका हुन्। उनले पीएनजीका किपलिन दोरिगालाई आठ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका हुन्।

कुशलले लिएको यो चौथो विकेट हो। १४औँ ओभरको अन्तिम बलमा दोरिगा आउट हुँदा पीएनजीले एक सय दुई रन बनाएको छ।

Logo