अल हिलाल एएफसी च्याम्पियन्स लिगको सेमिफाइनलमा

अल हिलाल एएफसी च्याम्पियन्स लिगको सेमिफाइनलमा

केन्द्रबिन्दु
70
Shares

काठमाडौं। एएफसी च्याम्पियन्स लिगमा अल हिलालले सेमिफाइनलमा स्थान बनाएको छ। साउदी क्लब अल हिलालले घरेलु प्रतिद्वन्द्वी अल इथियाडलाई २-० गोल अन्तरले पराजित गरेको हो।

पहिलो लेगमा पनि २-० को जित निकालेको अल हिलालले दोस्रो लेगको नतिजासँगै ४-० को जितका साथ अन्तिम चारमा स्थान पक्का गर्न सफल भयो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा अल हिलालले दुवै गोल दोस्रो हाफमा गरेको हो। यासिल अल सहरानीले ६१ औं मिनेटमा गोलको खाता खोलेका थिए। दोस्रो हाफको इन्ज्योरी टाइममा मालकोन फिलिपेले गोल गरेपछि अल हिलाल दोस्रो लेगमा पनि २-० ले विजयी भयो।

सेमिफाइनलमा अल हिलालले फाइनल प्रवेशका लागि अल एइनसँग अप्रिल १६ मा खेल्नेछ। अल एइन क्रिष्टियानो रोनाल्डोको टोली अल नारसलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अन्तिम चारमा पुगेको हो।

एएफसी च्याम्पियन्स लिग अन्तर्गत अर्को खेलमा कोरियन टोली हुन्डाइ उल्सानले घरेलु टोली हुन्डाइ मोटर्स जेडनबुकलाई समग्रमा २-१ को अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गर्न सफल भयो।

पहिलो लेग १-१ गोलको बराबरीमा सकिएकाले दोस्रो लेगमा उल्सानले १-० को जित निकाल्दा सेमिफाइनल पुग्न पर्याप्त भयो।उल्सानका लागि योङ ओ सिओलले पहिलो हाफको अतिरिक्त दोस्रो मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो।

Logo